किन नदिने बनाइयो होला NOC??


बिकास उन्मुख देश हाम्रो नेपाल मा बिदेशिने युबाहरुको संख्या बड्दो छ ,केहि दिन अगाडि सकारले विदेश पढ्न जान वैदेशिक अध्यन अनुमतिपत्र (नो अब्जेक्सन लेटर -एनओसि ) प्राप्त गर्न केहि प्रबधान सहित नयाँ निर्देशिका सार्बजानिक गरेको छ ।
प्रधान्मन्त्री तथा त्यसबेला शिक्षा मन्त्रीको समेत जिम्मेवार मा रहेका पुस्पकमल दाहाल प्रचण्ड ले गत फागुन १८ मा स्विकृत गरेको निर्देशिकामा उच्चशिक्षा (स्नातक र त्यसभन्दा माथि को लागि मात्र एनओसि दिने निर्णय गरेकोछ ।
सरकारले कुनै कार्य गर्न लाग्दा त्यसको बिरुद्ध मा आवाज उठाउने ,आन्दोलन गर्नै नेपालिको बानी नै भइसक्यो चाहे त्यो राम्रो कार्यहोस या नराम्रो ।एनओसिलाई सहज ,ब्यबस्थित ,प्रबिधिमैत्री र विदेशी मुद्रा
सटही लाई ब्यबस्थित गर्न निर्देशिका जारी गर्र्दै गर्दा बिरोधिहरुको संख्या पनि उत्तिकै छ !
यदी यो कार्यन्वयन हुने हो भने देखी पैसा खर्च गरेर विदेश पढ्न जानु को सट्टा त्यहीं पैसा ले नेपालमा पढ्न सकिन्छ यसबाट दक्ष जनशक्ति विदेश पलायन नहुने साथै नेपालका शैक्षिक सस्थाको र समग्र देशको
बिकास हुने कुरा मा दुइमत छैन।
अहिलेको समयमा नेपालमा राम्ररी अध्यन गरेर जापान अस्ट्रेलिया क्यानडा जस्तो मुलुकमा सिधै कामदारको रुपमा पनि जान मिल्छ तर अधिकांश नेपालिलाई यो थाहा नभएर भनौ या छिटै सजिलै विदेश जाने लोभमा प्रायः नेपाली कन्सल्टेन्सिको दाश बन्न बाध्य छन ।
यसरि पैसामा तुलना गरेर १०/१५ लाख पैसा लिदै कतिपय त नक्कलि कागजत बनाउदै बिदेश पठाउने हरु दलालि हैनन र ?

म जापान आएको केहि बर्स मा आत्माहत्या ,एन्जाइटि , आउदा लागेको ऋण,
भाषाको समस्या यहाको जिबनशैलिमा घुलमिल हुननसक्नु जस्ता थुर्प्रै समस्या हरु सुन्ने गरेको छु तर देशमै राम्रो सङ पढेर अर्थात स्नातक उतिर्ण गरेर सिधै वर्किङ मा आउने हो भने यहा धेरै सम्भावना हरुले हामिलाईनै
पर्खिरहेको छ।
अन्तयमा नेपाल सरकार को उद्देश्यपनि बिदेश जानै नदिने भन्ने हैन होला ,शैक्षिक प्रयोजनले विश्वविद्यालय मा अध्ययन कोलागि जान पाउनु पर्छ जस्तो लाग्छ ।

コメント

タイトルとURLをコピーしました